१९ कार्तिक २०८३, बिहिबार

अमेरिकाको भ्रमण सकेर रक्षामन्त्री रावल स्वदेश फिर्ता, प्रधानसेनापतिले स्वागत गरे

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal

काठमाडौं, १ असार । उपप्रधान तथा रक्षामन्त्री भीम बहादुर रावल मित्रराष्ट्र अमेरिकाको भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फिर्ता हुनु भएको छ ।

उहाँ अमेरिकाको न्युयोर्कमा संचालन भएको पिस किपिङ सम्बन्धी ओपन डिबेट कार्यक्रममा सहभागी हुन जेठ २६ गते त्यसतर्फ प्रस्थान गर्नु भएको थियो ।

बुधबार स्वदेश फर्किनुभएका उहाँलाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।