राजविराज, १ असार । राप्रपा नेपालको दोस्रो जिल्ला अधिवेशनबाट दोस्रोपटक पुनः आकाशकुमार भडखेर यादवको अध्यक्षतामा ३३ जिल्ला कार्यसमिति गठन गरिएको छ ।
मङ्गलबार सप्तरीको राजविराजस्थित जिविस हलमा सम्पन्न निर्वाचनमा अध्यक्ष यादव भारी बहुमतबाट चयन हुनुभएको छ ।
यस्तै सदस्यमा जयप्रकाश गोइत, श्रीनारायण साह, विमला विष्ट, रिकु चौधरी, किरण मण्डल, विभाष यादव, सञ्जाय यादव, ललिता साह, सञ्जय भगात र कैलीदेवी सरदारलगायत निर्वाचित हुनुभएको बताइएको छ ।
कार्यसमितिमा बाँकी रहेका अन्य पदका लागि एक÷दुई दिनमा चयन गरिने राप्रपा नेपालका केन्द्रीय सदस्य सुभाषचन्द्र झाले जानकारी दिनुभयो । रासस













प्रतिक्रिया