१९ कार्तिक २०८३, बिहिबार

युवा संघ बनेपामा मानन्धर, बाबुराम काम नलाग्ने डाक्टरः लामा

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manandhar-yaan-banepa-1

बनेपा, १ असार । युवा संघ नेपाल बनेपा नगर अध्यक्षमा युवा खेलाडी तथा व्यवसायी नवराज मानन्धर चयन भएका छन् ।

मंगलबार राति सम्पन्न तेस्रो अधिवेशनले मानन्धरको नेतृत्वमा १९ सदस्य कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मनिष श्रेष्ठ र रणबहादुर तामाङ सचिवमा सुनिल मानन्धर, कोषध्यक्षमा रोजिना तिमल्सिना र उप सचिवमा रुना पोटे चयन भएको बन्दसत्रका अध्यक्ष एवं युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य अमित लामाले जानकारी दिनुभयो ।

Amit-Lama

बन्द सत्रलाइ सम्बोधन गर्नुहुँदै लामाले वर्तमान सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुलाई जनता माझ प्रभावकारी बनाएर लैजान युवा संघको भुमिका रहेकाले त्यसतर्फ सबै लाग्नुपर्नेमा जोड दिदै युवा संघको नवगठित कमिटीलाई निर्देशन समेत दिनुभयो ।

manandhar-yaan-banepa

उहाँले बाबुराम भट्टराइलाई कम्युनिष्ट आन्दोलनको धोकेबाज भन्दै काम नलाग्ने अर्थहिन डाक्टर कै नाममा इज्जत राख्न नसकेको आरोप लगाउनुभयो ।

अधिवेशनको उद्घान एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार दिउँसो बृहत युवा शक्ति प्रदर्शनकाबीच गर्नु भएको थियो ।