१९ कार्तिक २०८३, बिहिबार

भारतबाट मजदुरी गरेर फर्केका नेपालीलाई कालाज्वर देखियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १ असार । झलारी पिपलाडी नगरपालिका–३ जोनापुरका ४० वर्षीय रविलाल डगौरामा कालाज्वर भएको पुष्टि भएको छ ।

काठमाडौँस्थित शुक्रराज अस्पतालमा रक्त परीक्षण गराउँदा डगौरामा कालाज्वर भएको पुष्टि भएको हो । ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने र तौल घट्ने समस्या देखा परेपछि उहाँको भारतको बरेलीस्थित अस्पतालमा उपचार गरिएको थियो ।

त्यहाँ रोग निको हुन नसकेपछि जनस्वास्थ्य कार्यालयको सल्लाहमा उहाँले काठमाडौँस्थित अस्पतालमा उपचार गराउँदा कालाज्वर भएको पुष्टि भएको जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीले बताउनुभयो । “डगौराको रगत चेकजाँच गराउँदा कालाज्वर भएको पुष्टि भएको छ” उहाँले भन्नुभयो । डगौरा भारतमा मजदुरी गर्दै आएकाले भारतबाटै सो रोगको सङ्क्रमण भएको हुनसक्ने उहाँले बताउनुभयो ।

गत वर्ष पनि भारतबाट काम गरेर फर्केका भीमदत्तनगरपालिका–१८ का एक जना युवामा कालाज्वर देखा परेको थियो । रासस