३१ आश्विन २०८३, शनिबार

जेलमा भोक हडताल गर्ने साउदी वकिलद्वारा आन्दोलन फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail-Ma-Manchheदुबई, १ असार । साउदी अरबको मानवअधिकारवादी संस्थाका जेल जीवन बिताइरहेका वकिलले आफ्नो जेलभित्रको भोक हडताललाई अन्त्य गरेका छन् ।

जेलमा राम्रो व्यवहार नगरिएको भन्दै भोक हडतालमा उत्रेका ३६ वर्षीय वकिल वालिद अब्दुलखएरले आफ्नो हडताललाई आइतबारदेखि अन्त्य गरेको गल्फ सेन्टर फर ह्युमन राइट्स समूहले मङ्गलबार बताएको हो ।

जेलमा आन्दोलन वकिलका केही मागलाई सरकारले सम्बोधन गर्न सहमत भएपछि आन्दोलन फिर्ता लिएका हुन् ।

सहमति अनुसार सरकारले जेल जीवन बिताइरहेका अब्दुलखएरलाई अस्पतालको उचित प्रबन्ध गर्ने, जेलको पुस्तकालयमा दैनिक रुपमा जान दिने र चाहेको पुस्तक पुस्तकालयबाट आफ्नो बन्दी कोठामा समेत अध्ययनका लागि लग्न दिने छ ।

साउदी अरबको जेदाहस्थित रेड सी सिटीमा राखिएका वकिलको आन्दोलनपछि साउदी सरकारले विभिन्न सुविधा दिलाउने प्रतिबद्धताको गल्फ मानवअधिकार सेन्टरको बहराइन र कोपेनहेगनमा रहेका कार्यालयले स्वागत गर्दै अब्दुलखएरले शान्तिपूर्ण तरिकाले मानवअधिकारका गतिविधिमा संलग्न भएको भन्दै रिहाइको माग गरेका छन् ।

वकिल अब्दुलखएरलाई मानिसहरुलाई देशको कानुनविपरित अनावश्यक रुपमा उक्साउने गतिविधि गरेको आरोपमा यहाँको एक अदालतले सन् २०१६ को फेब्रुअरीमा १५ वर्षको जेल सजाय तोकेको छ । –एएफपी