३१ आश्विन २०८३, शनिबार

१० जना चिनियाँ नागरिकलाई भारत छोड्न मोदी सरकारको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-1
काठमाडौं, ३२ जेठ । भारत सरकारले १० जना चिनियाँ नागरिकलाई तीन दिनभित्र देश आदेश दिएको छ ।

नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको निर्देशनमा ओडिशा राज्य सरकारले त्यहाँ कार्यरत १९ चिनियाँ नागरिकमध्ये १० जनालाई तीन दिनभित्र देश छाड्न निर्देशन दिएको हो ।

बीबीसी हिन्दीका अनुसार सुरक्षा संवेदनशीलताको कारण र सुराकी गरिरहेको आशंकामा भारतले चिनियाँ नागरिकलाई देशबाटै निकाल्ने फैसला गरेको हो ।

गृह सचिव असित त्रिपाठीले चिनियाँ नागरिकले भारतविरुद्ध सुराकी गरिरहेको संकेत मिलेको र सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै देश छाड्न निर्देशन दिइएको बताए ।

देश छोड्न भनिएका चिनियाँ नागरिक अडानी समूहको कम्पनीमा काम गरिरहेका थिए । उनीहरुले विजनेस भिसामा भारत आएका थिए ।

(बीबीसी हिन्दीको सहयोगमा)