– शम्भू माली
कपिलवस्तु, ३२ जेठ । कपिलवस्तुमा दिन प्रतिदिन मानवअधिकार हनन भएका विभिन्न घटना सार्वजनिक भैरहदा कपिलवस्तुवासीहरुले मानवअधिकार आयोग प्रति प्रश्न उठाएका छन ।
यहि जेठ ३१ गते आइतवार एक थारु सामुदायकी माहिला सशस्त्र प्रहरी जवानबाटै आफ्नो अस्मिता गुमाउन पुगिन जहाँ सुरक्षा निकायबाटै यस्तो निच कार्य हुन्छ त्यहाँ मानवअधिकार आयोगको के काम भन्दै स्थानियहरुले आक्रोश व्यक्त गरेका छन । स्थानियको दबाबमा सशस्त्र प्रहरीले एक जनालाई प्रहरी कार्यालयमा बुझाएको छ भने अन्यलाई संरक्षण गरेको अरोप रहेको छ ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान शाखा कपिलवस्तुद्धारा अयोजित मानवअधिकार शिक्षा अभिमुखीकरण कार्यक्रमा बोल्ने अधिकांस वाक्ताहरुले आयोग प्रती प्रश्न उठाएका थिए । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय बुटवलको टोलीले अभिमुखीकरण कार्यक्रमा प्रशिक्षण दिएको थियो ।
कपिलवस्तुमा हत्या, हिंसा, बलात्कार, चोरी, लुटपाट, मानव बेचविखान, नाकाबन्दी चक्का जामबाट हुने गरका मानवअधिकार हननका घटनावाट आजित भएका कपिलवस्तुवासी भन्छन हामीले कहिले मानवअधिकारको अनुभुती गर्न पाउने, देशको सुरक्षाको जिम्मेवारी सम्हाल्नेसगं हाम्रा चेलीबेटी असुरक्षीत भएको अवस्थामा मावनअधिकार आयोगले के हेरेर बसेको छ भन्दै विभिन्न संघसस्थाका प्रतिनिधीहरुले प्रतिप्रश्न गरेका थिए ।

सगरमाथा बेल्फेयर सोसाइटीका अध्यक्ष नेत्र प्रसाद बेल्वासेले बलात्कारको घटनाले कपिलवस्तुलाई झन झस्काएको बताउदै दोषीलाई कडाभन्दा कडा कार्वाही हुनुपर्ने माग गरे । बेल्वासेका अनुसार आइतवार घटेको घटनामा अरु दोषीहरुलाई लुकाइएको भन्दै सबैलाई कानुनी कठघरामा उभ्याउन आवश्यक रहेको बताए ।
त्यस्तै जिल्ला शान्ति समिती कपिलवस्तुकी जिल्ला सयोजक मिना परियारले सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी जवानबाटै हाम्रा आमा, दिदि, बाहिनीहरु असुरक्षित भएको भन्दै सत्य तथ्य पत्ता लगाई दोषीलाई उम्काउने कार्य बन्द गर्नु पर्नैमा जोड दिइन् ।
कपिलवस्तुमा वि.स २०६४ सालको घटनाले यहा मानवअधिकारका क्षेत्रमा कार्य गर्ने निकायले मानवअधिकारको अवास्यकता रहेको बताउदै अहिले पनि समाजमा धेरै मानिस अधिकारबाट बान्चित रहेको बताएका थिए । कार्यक्रममा बोल्दै बक्ताहरुले यहि जेठ ३१ गते आइतवार भएको बलात्कारको घटनाले कपिलवस्तुलाई झन झस्काएको छ । सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी जवानबाटै हाम्रा आमा, दिदि, बाहिनीहरु असुरक्षित भएको भन्दै विभिन्न संघ सस्थाले चर्र्काे अलोचना समेत गरेका थिए ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय बुटवलका प्रमुख दिपकजंग ध्वज कार्कीले मानवअधिकार हनन गर्ने जो कोहिलाई पनि अनुसन्धान गरि कार्वाही गर्ने माथिल्लो निकायमा पेश गर्नै बताउदै । अबको दिनमा कपिलवस्तुमा मानवअधिकारको प्रत्यभुती दिलाउने सम्बधित सरोकारवाला निकायसँग समन्वय गरी कार्य गरिरहेको बताए ।
कपिलवस्तुमा कार्यरत विभिन्न संघ सस्थालले विभिन्नले विज्ञप्ती निकालेर आइतवार भएको सामुहिक बलात्कारको घटनामा संलग्न सबै दोषीलाई सार्वाजनिक गर्न माग समेत गरेका छन । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय बुटवलका प्रमुख दिपकजंग ध्वज कार्की, मानवअधिकार अधिकृत दिपक ठाकुरले मानवअधिकारका बारेमा प्रशिक्षण दिएका थिए ।













प्रतिक्रिया