१८ कार्तिक २०८३, बुधबार

बझाङमा गरिब पहिचान परिचयपत्र हुनेखानेको पोल्टामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

stock-photo--srikot-village-western-nepal

– बसन्त खड्का

बझाङ, ३२ जेठ । मानव विकास सूचाङकको पुछारमा रहेको बझाङ्गमा सरकारले सँकलन गरेको गरिवको सूचीमा हुने खाने धनी वर्गहरुकै नाम समावेश गरिएको छ । जस्को घरमा एक छाक खाए अर्को छाक के खाउ भन्ने छन् तर यि गरिवलाई अझै पिडामाथि पिडा थपेका छन् । तर यो मानव विकास सुचाङकमा वास्तविक गरिवको नाम समेटिएको छैन् ।

सरकारले देशमा विद्यमान् गरिवीको सँख्या घटाउने भन्दै २०६९ सालमा गरिव घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्ड गठन गरेर गरिव परिवारको नाम सँकलन गर्ने काम सुरु गरेका थिए ।

कार्यक्रम सुरु भएपछि बझाङ्ग जिल्लाका ४२ गाविस र १ नगरपालिकामा जिल्ला विकास समिति अन्र्तगतका सामाजिक परिचालक र सचिव मार्फत घरपरिवार पहिचान सर्वेक्षण फाराम भरिएको थियो ।

गड्राय गाविस ६ का विष्णु वः थापाले फाराम मार्फत सँकलन भएको सूचनाका आधारमा सार्वजनिक गरिव घरपरिवारको पहिलो सूचि निकै सतहि र पूर्वाग्रही भएको बताए । उनका अनुसार गड्रायमा गरिवको सूचीमा सरकारी जागीरे धनीमानी व्यक्ति र अन्य गाविसमा कुनै सँस्थाका निर्देशक सचिवको नाम परेको छ वास्तविक गरिवको नाम भने परेको छैन् । कतिसम्म गरिवले सरकारवाट पनि अपहेलित हुने सरकार यि खवर सम्बन्धित जिल्ला विकास समितिमा समयमै खबर गराउँ गाविस नगरपालिका सम्बन्धित निकायमा समयमै यसको खबर गराउँ नत एकल महिला गरिवका नाम छन् नत अन्य गरिवका नाम नै समावेश गरिएका छन् । को हुन् वास्तविक गरिव पहिचान गराई परिचय पत्र उपलव्ध गराउँ ।

सरकारी कर्मचारी र अन्य धनी मानी व्यक्तिका नाम अरु भन्दा प्राथमिकतामा परेका छन् । अन्य गरिव सर्वसाधरणलाई गरिवका नाममा धनी र पहुचवालाले कर्मचारीले लुटको खेती जस्तै बनाएका छन् ।