काठमाडौँ, ३२ जेठ । राजधानीमा जुवा तास खेल्ने २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केन्द्रीय समाचार कक्षका अनुसार ललितपुरको बज्राबाराही नगरपालिका–४ ठेचो स्थित विमला मालीको घर टहरामा जुवातास खेली खेलाई रहेका ३२ बर्षीया बिमला माली, ४२ बर्षीय आनन्द श्रेष्ठ, ४५ बर्षीय गोपाल महर्जन सहित २ जना महिला र १६ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत चापागाउँबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार नगद ७ लाख १६ हजार ८ सय ७६ रुपैयाँ, तास १० बुक, कौडा १६ वटा, पासा ३ थान, काठको गोटी १६ थान, थर्की १ थान सहित पक्राउ गरेको हो ।
यसैगरी अनलाइन जुवा खेलाउने काठमाडौँ महानगरपालिका–२३ सुन्धारा स्थित आरवि कम्प्लेसको १३३ नम्बरको कोठामा संचालित पसलका संचालक अनामनगर बस्ने ३४ बर्षीय सागर खड्गी र ताहाचल बस्ने ३६ बर्षीय दिपक रत्न शाक्यलाई प्रहरीले पक्राउ गरेको छ ।
युरोकप फुटवल खेलको मोवाइल तथा ल्यापटपबाट अनलाईन जुवा खेलाईरहेको भन्ने सुचनाको प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार अनलाईन जुवा खेलाईरहेको अवस्थामा नगद २ लाख ४५ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया