१८ कार्तिक २०८३, बुधबार

सडक बन्यो भैंसी खेल्ने आहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak
फाइल तस्वीर

– योगेन्द्र योगी

संखुवासभा ,३२ जेठ । संखुवासभा जिल्लाका ग्रामीण सडक भैंसी खेल्ने आहाल जस्तै बनेका छन् ।

लगातारको वर्षाले जिल्लाका सबैजसो ग्रामीण सडकहरुमा यातायात संचालन गर्न निकै समस्या हुने गरेको छ ।

सडक विभाग र ठेकेदारले समयमै सडक मर्मत नगरेको कारण ग्रामीण सडक नै भैंसी खेल्ने आहालको रुपमा परिणत हुन पुगेको हो ।

संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी जोडिने ग्रामीण सडकहरुमा यात्रा गर्न निकै जोखिमपूर्ण हुने गरेको यात्रुहरु बताउँछन् ।

सदरमुकाम खाँदबारीबाट धुपू हुँदै बाह्रबिसे जाने सडक यति बेला भैंसी खेल्ने आहाल जस्तै बनेको धुपुका बिन नारायण श्रेष्ठले बताए । अविरल
बर्षाका कारण ग्रामीण भेगका सडकहरुमा ठूलाठूला खाल्डाखुल्डी हुने र पानी जमेर आहाल जस्तै भएको कारण यातायातका सवारी साधन सञ्चालन गर्न निकै समस्या परेको ट्याक्सी चालकहरुले बताएका छन् ।

ग्रामीण सडकहरु आहाल जस्तै बनेको कारण सदरमुकाम खाँदबारी जाने र आउने यात्रुहरू पैदल हिँडन बाध्य छन् ।

केही दिन अघि मात्र संसद तारामान गुरूङ सहिदको टोलीले खादबारी धुपु सडक खण्डको निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको बाटोको अवलोकन गरि ठाउँ ठाउँमा बिग्रिएको तत्काल मर्मत गर्ने बताएको छ ।