१८ कार्तिक २०८३, बुधबार

कञ्चनपुरको दक्षिणी क्षेत्रमा अनियमित विद्युत कटौती, ट्रान्सफर्ममा समस्या

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Transformiter– रञ्जित लामा

पुनर्वास, ३२ जेठ । कञ्चनपुर अर्थात नेपालकै सर्वाधिक गर्मी हुने नेपालगञ्ज पछिको दोश्रो शहर । तापक्रम ४२ डिग्री । तापक्रम बढ्ने र लू चल्ने क्रम बढ्दो छ । प्रचण्ड गर्मीमा घोषित ९ घण्टा लोडसेडिङ । प्राविधिक कारण छिन् छिन्मा बिद्युत जाने समस्या पनि बढ्दै गएको छ । विद्युत हुँदा पनि लो भोल्टेजका कारण पंखा नै नघुम्ने वर्षौदेखिको समस्या त ज्यूँ का त्यूँ छँदै छ ।

हरेक वर्ष कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीयवासीले लो भोल्टेज, लोडसेडिङ र लूको समस्या खेप्दै आए पनि अनियमित विद्युत कटौती, ट्रासफर्ममा समस्या, क्षमता विस्तारका लागि गर्नु पर्नेतर्फ कुनै ठोस काम हुन सकेको छैन ।

विद्युत प्राधिकरणले कञ्चनपुरको दक्षिणी क्षेत्रका लागि दैनिक करिब ९ घण्टाको लोडसेडिङको तालिका लागू गरे पनि तालिकाभन्दा बढी समय कुन बेला कुन क्षेत्रमा कति घण्टा बत्ती जान्छ भन्ने कुरा न त कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीयवासीलाई थाहा हुन्छ न त बिद्युत प्राधिकरणका कर्मचारीलाई नै । कुनै दिन लगातार २४ घन्टासम्म विद्युत कटौती हुनु पनि कञ्चनपुरको दक्षिणी क्षेत्रका लागि सामान्य बन्दै गएको छ ।

किन विद्युत आएन भनेर न त कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीयवासीले विद्युत प्राधिकरणलाई सोध्ने गरेको छ न त प्राधिकरणले यस कारण बिद्युत आएन भनेर कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीयवासीलाई भन्ने गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा प्रशारण हुने विद्युत मूलतः धनगढी र बेलौरी सबस्टेशनबाट प्रशारण हुँदै आएको छ । बेलौरीबाट ३ मेघावाट र धनगढीबाट करिब १ मेघावाट विद्युतकै भरमा सिङ्गो कञ्चनपुरको दक्षिणी क्षेत्र धाँनिनु परेको छ ।

यो क्षेत्रको अधिकांश स्थानहरुमा विद्युतको समस्याले जनजीवन दिनानुदिन निकै कष्टकर बन्दै गएको छ । दैनिक रुपमा लोडसेडिङको समय तालिका भन्दा झण्डै ४ देखि ६ घण्टासम्म विद्युत जाने र विद्युत आइहाले पनि अत्यन्तै न्यून भोल्टेजमा आउने स्थानीयको गुनासो छ ।

स्थानीय बजार पुनर्वासको आई.बी.आर.डी., प्रतिभानगर टाउन, प्रगतिबजार र बेलौरीको गोकुलपुर, बेलौरी बजार रिक्छा आदि उच्च प्रभावित स्थानको रुपमा रहेको छ भने अन्य क्षेत्रहरु पनि यो समस्याबाट निकै ग्रसित बन्दै गएको छ । ‘पटक–पटक बिजुली काटिन्छ, बिजुली आइहाले पनि एकदमै कम भोल्टेजमा आउछ, पंखा घुमेको जस्तो मात्र हुन्छ, टी.भी. हेर्न त परै जावोस्, बत्ती समेत राम्ररी बल्दैन’ –यो भनाई हो कञ्चनपुरको दक्षिणी क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको । गर्मी नजिकिदै जाँदा यो समस्या अझ थप कष्टकर बन्ने गरेको स्थानीय भुक्तभोगीहरुको अनुभव छ ।

भोल्टेज अपएनडाउनको समस्या पनि यस क्षेत्रको अधिकांश स्थानहरुमा मूख्य समस्याको रुपमा रहेको स्थानीय कम्प्युटर प्रयोगकर्ताहरुको भनाइ छ । कम्प्युटर प्रयोगकर्ताहरुले भोल्टा गार्ड, स्टप्लाइजर, यूपीयस आदि समस्या समाधानका बिभिन्न खाले उपकरणहरु राख्दा पनि यो समस्याबाट छुट्कार नपाएको उनीहरुको गुनासो छ । बिभिन्न उद्योगधन्दा कलकारखानाहरुले पनि जथाभाबी विद्युत खपत गर्नाले यस्तो समस्या हुने विज्ञहरुको दाबी छ ।

बिजुली जाँदा टेलिफोन र इनटरनेट सेवा समेत अबरुद्ध हुने अर्का एक स्थानीय कम्प्युटर इन्स्च्यूटका सञ्चालक रमेश विश्वकर्माले जिकिर गरे । सरकारले सेवा पनि उपलब्ध गराउन खोज्ने तर स्थानीय उपकरणको सेवासुबिधा र स्तरोन्तिमा भने खासै ध्यान नदिने सरकारको यस्तो गैरजिम्मेबारी प्रबृत्तिको उनले खुलेर भत्र्सना गरे ।

पुनर्वास नगरपालिका–१२, आई.बी.आर.डी., स्थित २ सय एम्पिएर क्षमताको ट्रान्समिटरबाट झण्डै ३ सय लोड खपत हुने र पुनर्वास नगरपालिका–६, प्रतिभानगर टाउन स्थित १ सय एम्पिएर क्षमताको ट्रान्समिटरबाट झण्डै १ सय ५० एम्पिएरसम्म लोड खपत हुने गरेको स्थानीय फ्यूज सेवाले जनाएको छ । जसको कारणले क्षमता भन्दा बढी विद्युत खपत भइ फ्यूज जाने कार्य स्वाभाबिक रहेको समेत फ्यूज सेवाले जनाएको छ ।

बिगत केही समयदेखि नै यो समस्या रहिआएको हो तर स्थानीय जनताको बेवास्ताका कारण हालसम्म पनि सो समस्या ज्यूंको त्यूं छ, सम्बन्धित स्थानमा सोको बारेमा समस्या नपु¥याएको होइन तर स्थानीयस्तर, जन सहभागिता, जन चासोको अभाबका कारण अहिले पनि यो समस्याले जिल्लामा उच्च स्थान पाउँन नसकेको स्थानीय फ्युज सेवाका स्थायी जुनिएर हेल्पर बिरेन्द्र भण्डारीले बताए । क्षमता भन्दा बढी खपत लोडको कारणले १०÷१५ मिनेटमै फ्यूज खाने समेत उनले बताए । अन्य कार्य क्षेत्रमा पनि उत्तिकै जिम्मेबारी रहेको कारण फ्यूज हाल्न ढिलो हुने उनले स्वीकार गरे । फ्यूज हाल्नु मात्र समस्याको समाधान नभई यसको स्थायी समाधानको लागि अर्काे ५० देखि १ सय एम्पिएर क्षमता बराबरको ट्रान्समिटर थप गर्नु बाहेक अरु बिकल्प नरहेको समेत उनले बताए ।

‘बिगत केही वर्षदेखि ट्रान्सफर्मको समस्या कञ्चनपुरको डोकेबजारदेखि झिलमिलासम्मको एउटा साझा समस्याको रुपमा रहदै आएको छ । यस क्षेत्रका केही स्थानमा ओभर लोड भइ फ्यूज खाने समस्या रहेको छ, जस्ले गर्दा पटक–पटक बत्ती जाने गर्छ भने अन्य स्थानमा ओभर लोड नभइ फ्यूज नखाने र डिम लाइट हुने समस्या छ । जस्को कारणले दिउँसो नै सीएफएल समेत बल्दैन भने राती बल्ने कुरै भएन ।’ –स्थानीय फ्यूज सेवाका अर्का अस्थायी जुनिएर हेल्पर धनबहादुर चन्दले बताए ।

‘नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको कार्यक्रमबाट डोकेबजारदेखि झिलमिलासम्मको लागि २१ ओटा ट्रान्समिटर आउँनु पर्नेमा एउटा मात्रै ट्रान्समिटर आउनुले पनि विद्युतको समस्या अझै थप पेचिलो बन्दै गएको नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर बितरण केन्द्र बेलौरी प्रशाखाका इन्चार्ज हीराचन्द ठकुरीले स्वीकार गरेका छन् । भने नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर बितरण केन्द्रका प्रमुख गणेश पाण्डेले क्षमता विस्तारका लागि बेलौरीमा यहि कात्र्तिक÷मंसिरसम्ममा डेढ एम.बी. क्षमता भएको ट्रान्सफर्म थप हुने बताए । तर प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले भने कञ्चनपुरको दक्षिणी क्षेत्रबाट कुनै पनि आधिकारिक रुपमा विद्युत समस्याको सन्दर्भमा कुरा नपुगेको बताए । यस विषयमा हामी कहाँ कुरा पुगे नयाँ शीराबाट गम्भिर भएर सोचिने र बिद्युत समस्या समाधानका लागि छिट्टै पहल गरिनेसमेत प्रमुख जिल्ला अधिकारी खनालले आश्वासन दिएका छन् ।

सरकारले विद्युत महशूलमा चर्काे ब्याज लिने तर आफ्नो जिम्मेबारीबाट भने सात कोस पर भाग्ने सरकारदेखि स्थानीयको ठूलो गुनासो छ । पटक–पटक विद्युतको समस्या भोगिरहेका केही स्थानीयबासीहरु नेपाल बिद्युत प्राधिकरण, बेलौरी बिद्युत प्रशाखा तथा स्थानीय फ्यूज सेवाप्रति नै आक्रोसित बन्दै गएको छ भने समस्याले आक्रान्त भएका अधिकांश जनताहरु सम्बन्धित निकायलाई सत्तोसराप गर्न बाध्य बनेका छन् ।