१८ कार्तिक २०८३, बुधबार

घाँस काटेर घर फर्किँदा भालुको आक्रमणबाट महिला गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bear-Bhaluडोटी, ३२ जेठ । डोटीमा भालुको आक्रमणद्वारा सोमबार एक महिला घाइते भएकी छन् ।

दीपायल सिलगढी नगरपालिका–३ थाप्ला निवासी ३८ वर्षीया धना मलासीलाई भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणबाट उनको आँखामा चोट लागेको उनका आफन्तले बताएका छन् । आक्रमणबाट मलासीको घाँटी, नाक र बाँया खुट्टामा पनि चोट लागेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

सोमबार साँझ ४ बजेतिर घाँस काटेर घर फर्किँदै गरेको अवस्थामा थाप्ला नजिकै एक्लै रहेको अवस्थामा एक्कासि भालुले उनलाई आक्रमण गरेको थियो ।

आक्रमण गर्ने बित्तिकै आफूसँग भएको हँसियाले प्रतिकार गर्दा भालु भागेको र उनको ज्यान जोगिएको परिवार स्रोतले जनाएको छ । गम्भीर चोट लागेकाले मलासीलाई आज बिहानै गेटा आँखा अस्पताल धनगढी लगिएको छ । रासस