१८ कार्तिक २०८३, बुधबार

भारतको दिल्लीबाट एक नेपाली बेपता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ३१ जेठ । सप्तरीबाट रोजगारीका लागि पञ्जाव गएका एक नेपाली भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् ।

सप्तरीको पातो गाविस–१ निवासी ३५ वर्षीय राजु मण्डल आफ्नै गाउँकै साथीसँग रोजगारीको सिलसिलामा पञ्जाव जाने क्रममा भारतको नयाँ दिल्लीस्थित ट्रेनको प्लेटफार्म–५ बाट बेपत्ता भएको उनका परिवारजनले जनाएको छ ।

भाइ बलिया मण्डलका अनुसार दुई दिनअगाडि घरबाट हिँडेको दाइ दिल्ली पुगेपछि सम्पर्कविहीन भएको जानकारी दिनुभयो । मण्डल बेपत्ता भएपछि उनको परिवारमा अहिले रुवावासी छ ।

यसैबीच, बेपत्ता भएका आफ्ना दाइलाई भारतबाट खोजी गरी नेपाल फर्काई दिन हुन भाइ बलियाले नेपाल सरकारसँग आग्रह गर्नुभएको छ । रासस