स्याङ्जा, ३१ जेठ । भारतीय राजदूत रन्जीत रेलाई स्याङ्जामा भव्य स्वागत गरिएको छ ।
स्याङ्जाको पुतलीबजार र बयरघारीमा बन्न लागेका क्याम्पस र विद्यालय भवनको शिलान्यास गर्न सोमबार त्यहाँ पुगेका रेलाई स्थानीयहरुले भव्य स्वागत गरेका हुन् ।
पाँच महिनासम्म भारतले नाकाबन्दी लगाएर दिएको दुःख पीडा बिसर्दै स्थानीयहरुले राजदूत रेलाई हात हातमा फूल बोकेर नेपाली टोपी उपहार दिएका थिए ।
त्यसक्रममा राजदूत रायले नेपाल र भारतबीचको सम्बन्ध कसैले चाहेर पनि तोड्न नसक्ने बताए । दुई छिमेकीबीचको जनस्तरसम्मको सम्बन्ध अति नै बलियो र प्रगाढ रहेको भन्दै त्यसलाई थप बनाउन आफू लागिरहेको उनले सुनाए ।
नेपालको समग्र विकासका लागि भारत सदैव चिन्तित रहेको बताउँदै उनले विकासमा भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी गराए ।
















प्रतिक्रिया