१८ कार्तिक २०८३, बुधबार

बैतडीमा छोराहरुको झगडामा छुट्याउने क्रममा आमाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baitadi_districtबैतडी, ३१ जेठ । बैतडीमा एक वृद्धाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तल्लादेही–९ बस्ने ८० बर्षीया अझु धामीको छोरा र भतिजबीचको झगडा छुट्याउने क्रममा चोट लाग्दा मृत्यु भएको छ ।

आइतबार राति धामीका छोरा जयबहादुर धामी र भतिजा हिरा धामीबीच मादक पदार्थ सेवन गरी झगडा गरिरहेको अवस्थामा छुट्याउन जाँदा उनको मृत्यु भएको थियो ।

झगडा गर्ने जयबहादुर र हिरालाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।