काठमाडौं, ३१ जेठ । प्रहरी सहायक निरीक्षक (जनपद) पदको खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७२ असार २३ गते प्रकाशित बिज्ञापनअनुसार दरखास्त दिई छनौट प्रक्रिया अन्तर्गतका विभिन्न परीक्षाहरुमा उत्तीर्ण भई अन्तिम अन्तर्वार्तामा सम्मिलित परीक्षार्थीहरुको अन्तिम नतिजा सोमबार प्रकाशन गरिएको छ ।
प्रतियोगिता अन्तर्गत खुल्ला, अमर/अशक्त, प्रहरी परिवार तथा समावेशी समूहतर्फको अन्तिम नतिजामा उत्तीर्ण मुख्य तथा बैकल्पिक उम्मेदवारहरुको योग्यताक्रमानुसारको नामावली प्रकाशित गरिएको हो ।
साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले २०७३ असार १२ गते आइतबार आवश्यक कागजपत्रहरु साथमा लिई जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुर चितवनमा सम्पर्क राख्न सम्बन्धित उम्मेदवारहरुको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ ।
उक्त नतिजा एसएमएसमार्फत थाहा पाउन NP<space>ASI<space>Darta Number टाईप गरेर 34321 मा सम्प्रेषण गर्न सकिन्छ । साथै उक्त नतिजा नेपाल प्रहरीको वेवसाइट (https://www.nepalpolice.gov.np/)र प्रहरी प्रधान कार्यालयको सूचना पाटीमा समेत राखिएको छ ।













प्रतिक्रिया