१८ कार्तिक २०८३, बुधबार

मुसलधारे पानीपछि आएको खहरेको कटानले क्षति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– झलक पाली

डोटी, ३१ जेठ । डोटीको छतिवनमा सोमबार दिउँसो भएको मुसलधारे बर्षासँगै आएको खहरे खोलाको कटानले निकै ठूलो क्षति पुगेको छ ।

दिउँसो २ बजेदेखि लगभग ३ बजेसम्म भएको बर्षासँगै आएको खहरे खोलाले छतिवन ५ जजना गाउँमा क्षति पुर्याएको हो ।

उक्त गाउँका १२ घर परिवारको झण्डै ३० रोपनी पाखो जमिन र सो जमिनमा लगाईएको बालीनाली समेत बगाएको स्थानीय बासिन्दा एवं संघीय समाजवादी फोरम नेपाल डोटीका अध्यक्ष कृष्ण दर्लामीले जानकारी दिए । यद्यपी खेत समेत बगाएको र एकिन जानकारी आईनसकेको दर्लामीले बताए ।

यस वर्ष असार नलाग्दैको भारी बर्षा र बाढीले डोटीको बन्लेक, पचनाली र छतिवनमा बालीनाली र जग्गाजमिनमा क्षती पुगेको छ ।