महेन्द्रनगर, ३१ जेठ । कञ्चनपुरमा महिलाहरुको हत्याका घट्ना भईरहेका बेला पशु (गोरु)ले हान्दा एक महिलाको घटना स्थलमै मृत्यु भएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका १ चम्पापुरकी ५६ बर्षिय सावित्री रानालाई गोरुले हान्दा घटना स्थलमै मृत्यु भएको हो ।
सोमबार बिहान गोरु चराउनका लागि गोठमा खोल्ने क्रममा गोरुले एक्कासी उनको करङ्गामा सिङ्ग हान्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले आफैले पालेको गोरुले हान्दा रानाको मृत्यु भएको बताए ।
‘आफ्नै गोरुले मार्दा के गर्न सकिन्छ र,’ उनले भने ‘त्यो गोरु अरुको होईन् ।’
यसै महिना चम्पापुरकी २३ बर्षिय रामदुलारी रानाको हत्या भएको १० दिनमै फेरी चम्पापुरकी सावित्रीलाई गोरुले मार्दा मृत्यु हुँदा गाँउबासीहरु चिन्तित भएका छन् ।
कहिले मानिसबाट पीडित त कहिले पशुबाट पीडित भएको भन्दै गाँउबासीहरु चिन्तित भएका हुन् ।
रानाको शवको मुचुल्ला उठाएर पोष्टमाष्टमका लागि महाकाली अञ्चल अस्पताल ल्याईएको छ ।













प्रतिक्रिया