संखुवासभा, ३१ जेठ । चैनपुर नगरपालिका १६ र १७ मा आइतबार साझ चट्याङ् लागेर दुईजना घाइते भएका छन् ।
साँझ ६ बजेतिर अविरल बर्षासंगै परेको चट्याङ लागेर सोही स्थान बस्ने १८ बर्षिया रमिला कार्की र १७ बर्षिया अमृता तामाङ्ग घाइते भएका हुन ।
घाइते दुवैको स्वास्थ्य चौकी खराङ्गमा उपचार भइरहेको प्रहरी निरीक्षक मुक्ति सापकोटाले बताए ।












प्रतिक्रिया