१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा बालश्रम शोषणबिरुद्ध प्रजिअ मार्फत न्याय माग्दै बालक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pachthar

– कृष्ण ओझा
पाँचथर, ३१ जेठ । पाँचथरमा बालश्रम बिरुद्ध अन्यायमा परेका एक बालक न्याय माग्दै प्रमूख जिल्ला अधिकारी किरण थापा र स्थानीय बिकास अधिकारी कोमल प्रसाद धमलासमक्ष पूगेका छन ।

बालश्रम बिरुद्धको दिवशको अवसरमा “बालश्रम शोषण कानूनको भोजन” नामक नाटकमा बालक आफु अन्याय परेकाले न्याय माग्न पूगेको जिल्ला बालअधिकार अधिकृत सरस्वती सिवाकोटीले जानकारी गराएकी हून ।

क्षेत्रिय प्रहरीकार्यालय बिराटनगरको १ बर्षीय कार्य योजना अनूरुप बिद्यालय तहमा निबन्ध प्रतियोगिता पाँचथर प्रहरीले संचालन गरेको थियोे ।

जेठ २१ गते प्रहरी सभाहलमा भएको प्रतीयोगीतामा नौ वटा नगर बिद्यालयले भाग लिएका थिए ।

अन्तर माध्यामिक निबन्ध प्रतियोता संचालन गरीएको हो । प्रथमहूने बिद्यालयहरुमा निलकण्ठ ईङलिस बोडिङ स्कूलका छात्रा दिपिका दूलाल , दोस्रो नमूना मावि छात्रा सूडान तूम्वापो,र तृतिय छात्र रोसन घिमिरे छानीएका थिए ।

प्रतियोहरुलाई जिल्ला बालकल्याण समीतिका संयोजक तथा प्रमूख जिल्ला अधिकारी किरण थापा, स्थानिय बिकास अधिकारी कोमल प्रसाद धमला, भैरवी दल गण ओदिन ब्यारेका प्रमूख सेनानी शिवराज बन्त ले पूरस्कार बितरण गरेका थिए । दिवश कार्यक्रम सामूदायिक प्रहरी सेवा पाँचथरले आयोजना गरेको थियो ।