३१ आश्विन २०८३, शनिबार

कङ्गोमा डुङ्गा दुर्घटनामा सत्ताइसको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kangoकिन्सासा (कङ्गो), ३१ जेठ । कङ्गोको एक तालमा डुङ्गा दुर्घटना हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित रेडियो ओकापीले आइतबार जनाएको छ ।

कङ्गोको मेनडोम्बेका डेपुटी गभर्नर मासाम्बा मालिकाले दिएको जानकारी अनुसार इनोङ्गो र बोकोरोबाट छुटेका डुङ्गा यात्रामा देखिएको कुहिरोलाई छलाउँदै अर्को बाटो लागेका बेला एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

डुङ्गामा करिब १०० जना यात्रारत भएको जनाइ पनि यो सङ्ख्या अझै बढी भएको हुनसक्ने बताइएको छ ।

उद्धार टोलीले तालबाट मृत शरीरको उद्धार गर्ने कार्य जारी राखेका छन् ।

गत डिसेम्बरमा पनि यस्तै डुङ्गा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो भने करिब ७० जना उक्त तालमा बेपत्ता भएका थिए । –एएफपी