१९ कार्तिक २०८३, बिहिबार

आधिकारिक ट्रेड युनियनको अध्यक्षमा ढकालको सम्भावना, पोखरेलको पनि दाबी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Purnya-dhakal

काठमाडौं, ३० जेठ । निर्वाचनमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले पहिलो स्थान पाएपछि त्यस संगठनभित्र नेतृत्वको विषयलाई लिएर होडबाजी सुरु भएको छ ।

२१ सदस्यीय बन्ने आधिकारीक ट्रेड युनियनको केन्दिय कमिटीमा नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष, उपाध्यधक्ष, कोषाध्यक्ष सहित थप ८ सदस्य पाउने भएको छ । अरु पदमा त्यति प्रतिस्पर्धा सतहमा नदेखिएता पनि अध्यक्ष पदमा चर्को प्रतिस्पर्धा हुने देखिएको छ । संगठनका वर्तमान अध्यक्ष पुण्यप्रसाद ढकाल र पुर्व अध्यक्ष भोला पोख्रेलले ट्रेड युनियनको प्रतिष्ठित अध्यक्ष पदमा दाबी गरेपछि कर्मचारी संगठन भित्र त्यसको पक्ष र विपक्षमा चर्को बहस सुरु भएको छ ।

देशभरि कर्मचारी संगठनले ऐतिहासिक सफलता हात पारेको र त्यसको नेतृत्वकर्ताको हिसाबले वर्तमान अध्यक्ष ढकाल नै ट्रेड युनियनको अध्यक्ष पदको स्वभाविक हकदार भएको संगठकहरु बताउँदछन् । देशभरी सर्वसहमतिबाट जिल्ला विभागीय ट्रेड युनियनको नेतृत्व चयन भएको र धेरै ठाउँमा अध्यक्षले नै प्रतिनिधित्व गरेकोले केन्द्रमा पनि ढकाललाई अध्यक्ष बनाउन चर्को दबाब पुगेको छ । आफ्नो संगठन भित्र अनुशासित, इमान्दार, कार्यकर्ता बिचमा लोकप्रिय नेताको रुपमा स्थापित ढकालले आफ्नो कार्यकालमा उल्लेखनिय काम गरेका छन् । निजामति सेवाभित्र व्यवस्थापन गर्न बाँकी रहेको २४ घ १ को बढुवा व्यवस्थापन, विश्वका सबै देशका पेशाकर्मीको प्रतिस्ठित अन्तराष्ट्रिय संगठन WFTU को १२ औँ अन्तराष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न गरेर कर्मचारी संगठन (NEGEO) लाई विश्व स्तरसम्म चिनाउन सफल रहेका छन् ।

त्यसै गरी उनले आफ्नो कार्यकालमा संगठनको संगठनको आफ्नै सुविधा सम्पन्न विशाल भवन निर्माण गरेका छन् । संगठनको रजत महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न उल्लेखनिय भुमिका निर्वाह गरेका छन् । वर्तमान सरकारले प्रस्तुत बजेटमा २५ प्रतिशत तलब वृद्वि गराउने, एकदिनको तलब बराबरको ग्रेड कायम गर्ने, स्वास्थ्य बिमा कार्यक्रम लागू गराउन संगठनका वर्तमान अध्यक्ष पुण्य ढकालको ठूलो योगदान रहेको छ । त्यसै गरी कर्मचारी आन्दोलनमा शहिद हुनुभएका झपेन्द्र कार्की, मनोज जोशी लगायतका शहिदहरुलाई राष्ट्रिय शहिद घोषणा गराउने कार्यलाई अन्तिम चरणमा पुर्याएका छन् । यस्तै उल्लेखनिय कामहरुले गर्दा नै अबको ट्रेड युनियनको अध्यक्ष पुण्य प्रसाद ढकाल हुने निश्चित भएको छ ।

ने.क.पा. एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के पि ओली निकट मानिने ढकाललाई उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोख्रेलको पनि समर्थन रहेको छ । ढकाल वरिष्ठ नेता माधव नेपालको पनि विश्वाश जित्ने कोशिशमा छन् । नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी छनोट गर्ने यही असार १ र २ गते आफ्नो केन्द्रिय समितिको बैठक बोलाएको छ ।

– प्रकाशचन्द्र भट्टराईबाट