पाल्पा, ३० जेठ । पाल्पामा एक बालिकाको बारीमै बलात्कार भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा देबिनगर–८ बस्ने १७ वर्षीय पदमबहादुर सुर्यबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
ताहु–३ घोरपालछाप बस्ने ५ वर्षीया बालिका शुक्रबार घर नजिक बारीमा लड्न गएपछि उपचारको लागि मिसन अस्पताल पाल्पा लगिएकोमा उपचारमा संलग्न डाक्टरले लडेर घाइते नभई उनी माथि जवरजस्ती करणी भएको जानकारी दिएका थिए ।
सुर्यबंशीले बालिकालाई घर नजिकैको बारीमा जवरजस्ती करणी गरेको भन्ने खुल्न आएपछि प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया