९ कार्तिक २०८३, सोमबार

पैसा कमाउन एनजिओ चोरबाटोबाट जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vukampaa-660x330काटमाडौं, ३० जेठ । राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रिय पुननिर्माण प्राधिकरण मातहत रहेर काम गर्नुपर्ने सरकारको कार्यविधि छ ।

प्रभावितहरूका लागि काम गर्न इच्छुक संस्थाले ७ जेठसम्म प्रस्ताव पेस गर्न प्राधिकरणले समय तोकेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, प्रभावित जिल्लामा काम गरिरहेका र इच्छुक अधिकांश आइएनजिओ प्राधिकरणको सम्पर्कमै आएका छैनन् । बरु, उनीहरूले मनोमानी ढंगले अर्बौँका कार्यक्रम चलाइरहेका छन् ।

समाजकल्याण परिषद्बाट अनुमति लिए पनि प्राधिकरणलाई जानकारी नदिएर प्रभावित जिल्लामा १७ आइएनजिओले करिब १४ अर्बको कार्यक्रम चलाइरहेका छन् ।

प्रभावित कुन जिल्लामा कस्ता एनजिओ ?

अहिलेसम्म ९८संस्थाले प्राधिकरणमा प्रस्ताव बुझाएका छन् । त्यसमध्ये ४० प्रस्ताव स्वीकृत भएको छ । प्रस्ताव बुझाउनेमा धेरै एनजिओ छन् । गोरखामा ५३ संस्थाले भूकम्प प्रभावित क्षेत्रमा काम गर्न जिल्ला प्रशासनबाट स्वीकृत लिएका छन् । ती सस्थाले गोरखाका गाविस भाग लगाएर स्वीकृत लिएका हुन् ।

खोप्लाङ, लाप्राक, बारपाक, गुम्दा, मुच्चोक, उइया, केरौजा, कासीगाउँ, हर्मी, गखु र छोप्राक गाविस केयर नेपाल एक्लैले जिम्मा लिएको छ । फुजेल, भीरकोट दरबुङ, देउराली, धुवाकोट, खरीबोट गाविसको जिम्मा आईओएमले लिएको छ । केयर इन्टरनेसनलको सहयोगी संस्था केयर नेपालले बारपाकमा भूकम्पपछि पुनर्निर्माणमा जिम्मा लिएको छ ।

बारपाकका १ हजार ४ सय ५७ घरपरिवारलाई प्रतिपरिवार ६ हजार ७ सय रुपैयाँका दरले १ करोड ८६ लाख ७० हजार २ सय ३२ रुपैयाँ वितरण गरेको सो संस्थाले जनाएको छ ।

नुवाकोटका गणेशस्थान, सुनपोखरी, शिखरबंसी, भदु्रटार, देउराली र चारघरे गाविसमा मर्सी क्रप्स (एमसी) नामक आईएनजिओले भूकम्पपीडितलाई राहत वितरण गरेको थियो । ती गाविसका प्रत्येक घरपरिवारलाई ७ हजार ५ सय रुपैयाँका दरले रकम वितरण गरिएको थियो ।

अन्य संस्थाले ती गाविसमा काम गरेका छैनन् । अहिले सो संस्थाले के काम गर्दैछ भन्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी छैन भने राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पनि सम्पर्कमा छैन । नुवाकोटामा १० आईएनजिओले ६१ गाविसलाई भाग लगाएर काम गरेका छन् । तर, अहिलेसम्मप्राधिकरणमा प्रस्ताव बुझाएका छैनन् ।

विद्यालय र स्वास्थ्य चौकी भवनका प्रस्ताव धेरै

प्राधिकरणमा प्रस्ताव दर्ता गराउनेमा धेरै एनजिओ छन् । धेरैजसो प्रस्ताव विद्यालय भवन निर्माणका रहेको प्राधिकरणले जनाएको छ । सबै गरी २ सय ३४ विद्यालय भवन बनाउन करिब १ अर्ब, ७२ करोड, ६७ लाख ३६ हजार ६ सय रुपैयाँका परियोजना स्वीकृत भएका छन् ।

२७ स्वस्थ्य चौकी तथा भवन निर्माण गर्न ३९ करोड ३२ लाख ८१ हजार ३ सय रुपैयाँका प्रस्ताव आएको प्राधिकरणका सहसचिव रामप्रसाद थपलियाले जानकारी दिए ।

यी संस्थाले बनाउादै छन् विद्यालय भवन चाइल्डस्पेस फाउन्डेशनले ३५ लाख रुपैयामा विद्यालय भवन निर्माणको प्रस्ताव गरेको छ भने हेल्प नामक संस्थाले सिन्धुपलाञ्चोकको ठूलोसिरुवारीमा विद्यालय बनाउने प्रस्ताव राखेको छ ।

नेपाल जेसुईटले १ करोड ४९ लाखमा नुवाकोटमा तीन र सिन्धुपलाञ्चोकमा एक विद्यालय बनाउने भनेको छ । युनाईटेड मिसन टु नेपालले धादिङको रि, लापा, महादेवस्थान, झर्ला गाविसमा, नर्थ हेल्पिङ पिपुलले रसुवाको ठूलोगाउ र धादिङको टिप्पलुङमा विद्यालय बनाउने प्रस्ताव गरेको छ ।

प्राधिकरणमा पुग्ने संस्थामध्ये करिब आधा दर्जनले पीडितको आवास बनाउने प्रस्ताव गरेका छन्  । युएसएडको सहयोगमा एनसेटले दोलखा, धादिङ, नुवाकोटमा घर बनाउने परियोजना प्रस्ताव गरेको छ ।

स्वीकृतिअघि नै सो संस्थाले घर बनाउने थालेको थियो । लुमन्ती सर्पोटले ललितपुरको दलचोकी, सिद्धिपुर, काठमडौको मच्छेगाउ र मकवानपुरको चित्लाङमा काम गर्ने भनेको छ ।