९ कार्तिक २०८३, सोमबार

गिरिजाप्रसादको नाममा आठ करोड झ्वाम, काम अझै भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Girija-Prasad-Koiralaकाठमाडौं, ३० जेठ । कार्यकारी निर्देशक र सञ्चालक समितिमा रहेका पहुँचदार एक सदस्यबीचको विवादले ६ वर्षअघि सुरू भएको स्वर्गीय गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र निर्माण प्रक्रिया त्यसै अलपत्र परेको छ ।

केन्द्र अस्पताल निर्माण सुरू नभए पनि कर्मचारीले ८ करोडभन्दा बढी तलबभत्ता सिध्याइसकेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

कर्मचारीले गाडी इन्धनलगायत विभिन्न सुविधा उपभोग गरिरहेका छन् ।

पूर्वप्रधानमन्त्री कोइरालाको श्वासप्रस्वाससम्बन्धी रोगले निधन भएपछि जनआन्दोलन २ को नेतृत्वकर्ताको हैसियतले उनलाई सम्मान दिन तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो ।