१८ कार्तिक २०८३, बुधबार

राजीवले कुचो समातेर बढारेपछि सफाई अभियानमा तौलिहवाका युवाहरु उर्लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yann-sarsafai

कपिलवस्तु, २९ जेठ । गणतन्त्र दिवसको अवसर पारेर ‘ग्रीन काठमाडौं क्लिन काठमाडौं’ अभियान सुरु गरेको युवा संघ नेपाल राजधानीपछि अभियान लिएर तराई पसेको छ ।

संघले शनिबार ‘तौलिहवा हो बुद्ध नगरी बसौ हामी सफा गरी’ भन्ने नाराका साथ स्थानीय युवाहरुको पहलमा तराईमा पर्ने कपिलवस्तु जिल्लाको ऐतिहासिक नगर तौलिहवाबाट सरसफाई अभियान सुरु गरेको छ ।

sarsafaiसुन्दर तौलिहवा सरसफार्इ अभियानमा युवा संघ अध्यक्ष राजीव पहारी समेत सहभागी भएर शिव मन्दिर टोल, चोक बजारमा कुचोले बढारे ।

उनले उक्त अभियानमा ५० थान फोहोर मलाइ लेखिएको फोहोर संकलन डब्बा समेत प्रधान गरे । स्थानीय स्तरमा हुने यस्ता कार्यक्रमले देशको सफार्इ र बातावरणमा महत्वपुर्ण भूमिका खेल्ने उनको भनाई थियो ।

‘युवा संघको रहर स्वच्छ सफा हराभरा गाउँ सहर’ भन्ने नाराका साथ् आफूहरुले ग्रीन नेपाल क्लिन नेपाल अभियान संचालन गरिरहेको समेत बताए ।

यसैबीच युवा संघ केन्द्रिय अध्यक्षले सफाई अभियानमा सहभागिता जनाएपछि स्थानीय अगुवा युवाले खुसि ब्यक्त गरेका छन् ।

‘हामीले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने नाराका साथ् हामीले थालेको अभियानमा युवा संघको साथ् सहयोग अध्यक्ष स्वयं उपस्थित भएर दिनुभएकोमा हामी गर्व गर्दछौ’ अभियान संयोजक प्रकाश घिमिरेले भने ।

Rajib-kapilbastu

सरसफार्इ अभियानमा करिब ६०० युवाहरुको सहभागिता रहेको थियो ।