
– योगेन्द्र योगी
संखुवासभा,२९ जेठ । संखुवासभा प्रहरीले सदरमुकाम खाँदबारी र मानेभञ्याङ बजारबाट अवैध रुपमा बिक्री गर्दै गरेको मदिरा बरामद गरेको छ ।
प्रहरी नायब उपरीक्षक गौतम कुमार केशी नेतृत्वको टोलीले खाँदबारी बजारमा लाग्ने साप्ताहिक बजार, खाँदबारीको टँडिखेल लाइन र देवकोटा चोक लगायतका क्षेत्रबाट सयौ ड्रम घरेलु मदिरा बरामद गरेको प्रहरी निरीक्षक मुक्ति सापकोटाले जानकारी दिए ।
अवैध बिक्री बितरण गर्दै आएको मदिरा नियन्त्रण गरी कानुनी कारवाही शुरु गरेको सापकोटा बताए ।
घरेलु मदिरा बिक्री बितरणले समाजमा अपराध र सामाजिक विकृति ल्याउने भएकाले नियन्त्रणको पहल शुरु गरेको उनले बताए ।












प्रतिक्रिया