काठमाडौं, २९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सदभावना भ्रमणका सिलसिलामा युरोप प्रस्थान गरेका छन् ।
केहि युरोपियन मुलुकका भ्रष्टाचार विरुद्ध कार्यरत सरकारी निकाय र सुशासन तथा विकासका क्षेत्रमा कार्यरत संस्थाका प्रमुखहरुको निमन्त्रणामा कार्की शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
यस भ्रमणका क्रममा कार्कीले युरोपियन मुलुकहरु फ्रान्स, इटाली, पोर्चुगल र मोनाकोको साथै युनाइटेड अरब इमिरेट्सको समेत भ्रमण गर्नेछन् ।
करिब दुई साता लामो यस सद्भावना भ्रमण भ्रष्टाचारको प्रकृति र प्रवृत्ति तथा यसको अन्तराष्ट्रिय सञ्जालीकरणलाई निस्तेज पार्ने दिशामा कार्यरत निकायहरुबीच अनुभव आदान प्रदान, समन्वय एवं सहकार्य प्रबर्द्धन गर्नमा केन्द्रित रहने अख्तियारले जनाएको छ ।
यस भ्रमणबाट नेपाल र युरोपियन यूनियन सदस्य राष्ट्रहरु तथा युनाइटेड अरब इमिरेट्सबीचको सम्बन्ध अझ सौहार्दपूर्ण हुने र अन्तरदेशीय भ्रष्टाचार अनुसन्धान र नियन्त्रणप्रभावकारी बन्ने अपेक्षा लिइएको छ ।













प्रतिक्रिया