९ कार्तिक २०८३, सोमबार

एमालेमा ओलीका ४ सम्भावित उत्तराधिकारी, भण्डारी रेसबाट बाहिरिइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-leader

काठमाडौं, २९ जेठ । नवौं महाधिवेशन सकिएको दुई वर्ष नबित्दै एमालेमा अध्यक्ष केपी ओलीको उत्तराधिकारीको चर्चा हुन थालेको छ ।

ओलीले गत वैशाख ३ गते बसेको केन्द्रीय समितिको बैठकमा १० औं महाधिवेशनमा अध्यक्षको दाबी नगर्ने घोषणा गरेका थिए । मदन भण्डारी फाउन्डेनसले गरेको भेलामा संस्थापन पक्षले ओलीको उत्तराधिकारीको बहस नै चलाएको थियो ।

भण्डारी बाहिरिइन्

नवौं महाधिवेशनपछि ओलीको उत्तराधिकारीको रुपमा सबैभन्दा बलियो दाबेदारी मानिएकी उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति बनेसँगै यो रेसबाट बाहिरिएकी छिन् । जसबाट अन्य नेतालाई उत्तराधिकारी बन्ने बाटो खोलिदिएको छ ।

यस्ता छन् सम्भावित उत्तराधिकारीहरु

१. ईश्वर पोखरेल महासचिव
विशेषताः दुई पटक महासचिव, सांगठनीक रुपमा कुशल र चतुर नेता

२. सुवास नेम्वाङ, दलका उपनेता

विशेषताः पार्टीमा संयोजनकारी, मृदुभाषी र कूटनीतिक नेता

३. शंकर पोखरेल, स्थायी समिति सदस्य

विशेषताः वैचारिक नेता । ओलीलाई साथ दिएका विश्वाशिला नेता

४. प्रदीप ज्ञवाली
विशेषताः पार्टीमा लोकप्रिय र ओलीका विश्वासिला नेता

५. सबैको साझा बन्ने रणनीतिमा रावल

यता पार्टी उपाध्यक्ष भीम रावल भने ओली र वरिष्ठ नेता माधवकुमार नेपालको साझा उत्तराधिकारीको रुपमा अघि बढ्न प्रयासरत छन् ।

नयाँ पत्रिका दैनिकमा खबर छ ।