९ कार्तिक २०८३, सोमबार

पूर्व राष्ट्रपति यादवका छोरा र राष्ट्रपति भण्डारीकी कान्छी छोरीबीच विवाह हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran-Yadav-and-Bidhya-Bhandari

काठमाडौं, २९ जेठ । प्रथम राष्ट्रपति डा.यादव र दोस्रो राष्ट्रपति भण्डारीबीच राजनीतिक मात्र होइन, अब पारिवारिक नाता पनि जोडिँदै छ ।

डा.यादव र भण्डारीबीच २०७३ सालमै पारिवारिक नाता जोडिन लागेको हो । राष्ट्रपति भण्डारीकी कान्छी छोरी र डा.यादवकी भतिजीको छोराबीच विवाह हुन लागेको हो । तर, बिहेको मिति भने पक्का भइसकेको छैन ।

पूर्वराष्ट्रपति यादवकी छोरी किरण यादवका छोरा इन्जिनियर अभिषेक यादव र भण्डारीकी कान्छी छोरी डा. निशाकुसुमबीच लामो समयदेखि प्रेम सम्बन्ध छ । किरण कांग्रेसकी सांसद हुन् ।

अभिषेक यादव अहिले लन्डनमा अध्ययनरत छन् । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार दुईबीच लामो समयदेखिको प्रेम सम्बन्ध गत वर्ष मात्रै परिवारले थाहा पाएको हो ।

त्यसैकारण सकेसम्म यसै वर्ष विवाह गर्ने सोचमा परिवार रहेको यादवनिकट परिवारले जानकारी दिएको हो । अभिषेक यादव र निशाकुसुमबीच विवाह भएमा डा.यादव राष्ट्रपति भण्डारीको नाताले सम्धी पर्छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।