३१ आश्विन २०८३, शनिबार

पर्यटक महिला…पाँच भारतीयलाई जन्मकैद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail-Ma-Manchheनयाँ दिल्ली, २९ जेठ । सन् २०१४ को जनवरी १४ मा भारतको राजधानी नयाँ दिल्लीमा डेनमार्ककी एक महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच भारतीय नागरिकलाई आजीवन कारबासको सजाय सुनाइएको छ ।

मुद्दामाथि अन्तिम फैसला सुनाउँदै न्यायाधीश रमेश कुमारले बलात्कार आरोपमा मुद्दा चलाइएका २३ देखि ३० वर्ष उमेर समूहका ती युवामाथि सामूहिक बलात्कार, अपहरणलगायतका अभियोग साँचो रहेको ठहरका साथ उनीहरुलाई यो सजाय तोकिएको बताउनुभयो ।

डेनिस महिलाले कोनाउटस्थित एक प्रसिद्ध बजारबाट आफ्नो होटेल जाने बाटो सोध्ने क्रममा नौ जना युवकले उनलाई एकान्तमा लगी लुटेको र सामूहिक बलात्कार गरेको जनाएकी थिइन् ।

बलात्कारकाण्डमा सहभागी भएका तीन जना १८ वर्षमुनिका नाबालक भएको भन्दै उनीहरुलाई जुभेलिन जस्टिस बोर्डमा आचरण सुधारका लागि पठाइएको छ भने एक जनाको सन् २०१६ को फेब्रुअरीमा मुद्दाको सुनवाई हुने क्रममै मृत्यु भएको थियो । एपी