१८ कार्तिक २०८३, बुधबार

बजेट लिएर फेरि तराई पस्यो युवा संघ नेतृत्व, जिल्ला जिल्लामा बहस गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yaan

सिरहा, २९ जेठ । मधेस आन्दोलनका बेला तराईमा जागरण अभियान चलाएको युवा संघ नेपालले भर्खरै सार्वजनिक भएको आर्थिक वर्ष २०७३–०७४ को बजेट लिएर फेरि तराईतिर लागेको छ ।

युबा संघ नेपाल तल्लो सगरमाथा अञ्चल कमिटीको आयोजनामा भएको नयाँ बजेटमा तरार्इमा के के उपलब्धि प्राप्त भयो भन्ने बहसका लागि सिरहाको लाहानमा भएको अन्तरक्रियामा युबा संघ नेपालका उपाध्यक्ष रमेशकुमार पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ, योजना आयोगका सदस्य डा. सुमित्रा अमात्य, सिरहा पार्टी अध्यक्ष प्रमोद यादव, परशुराम बस्नेत, प्रभात बिक्रम कटबाल, उदयपुर पार्टी सचिव परमेश्वर घिमिरे, सप्तरी पार्टी उपाध्यक्ष अब्दुल मजित साकिर, सिरहा पार्टी उपसचिव अशोक यादव, राममणि मिश्र, रमेश आचार्य, सुनिता चौधरी, अन्जना अधिकारी, रबिन्द्र साह लगायतले सम्बोधन गर्नुभयो ।

उक्त कार्यक्रम अञ्चल अध्यक्ष दिपक ढङगालको अध्यक्षता, सञ्चालन सचिव कमल देब यादव, स्वागत युबा संघ नेपाल सिरहा अध्यक्ष बैजनाथ साह गर्नुभयो । यस कार्यक्रममा संघका उपाध्यक्ष कमरेड रमेशकुमार पौडेलले ईतिहासदेखि हालसम्म यो बजेट सबैभन्दा ज्यादा मधेस मैत्री रहेको बताउनुभयो । उहाँले शुवर्ण शमशेरका पालादेखि हालसम्मको सबैभन्दा ज्यादा जनप्रिय बजेट यसपाली आएको उहाँको कथन थियो ।

हामीले मधेस सम्बाद तथा जागरण अभियान अन्तरगत बोलेका कुरा प्राय बजेटमा समेटिएको कुरा उहाँले भन्नूभयो ।