काठमाडौं, २९ जेठ । मुलुकमा २९ वाणिज्य बैँक, ७२ विकास बैँक । ४७ फाइनान्स कम्पनी, ४१ लघु विकास बैंक र १३ हजार ४ सय १५ सहकारी संस्था सञ्चालनमा छन् ।
यिनीहरुको मुख्य काम नै सेवाग्राहीको कमाइको सुरक्षा गर्नु, बचत गर्ने बानी बसाल्नु र आवश्यक परेका बखत ऋणधन उपलब्ध गराउनु हो ।
पत्याउनु हुन्छ ? अझै पनि ३९ प्रतिशत नेपाली भने बैंक तथा वित्तीय संस्थाको पहुँचै राख्दैनन् ।
उनीहरु पैसाको सिरानी हालेर सुत्छन् । पैसा धेरै भएर होइन, उनीहरुले बचत रकमको सुरक्षाको चिन्ताले सिरानीमा पैसा राख्ने गरेका हुन् । नागरिक दैनिकले समचार छापेको छ ।
बैँकसम्म पहुँच नपुग्दा सिरानी, दराज, कन्तुर, सन्दुक र थैलीमा पैसा थन्काउनु उनीहरुको बाध्यता हो ।
नेपाल राष्ट्र बैँकले करिब एक वर्षअघि दाता निकाय डीएफआइडी, युएनडीपी र युएनसिडीएफको सहयोगमा गरेको अध्ययनअनुसार सहकारी संघसंस्थालाई समेत औपचारिक क्षेत्र मान्दा करिब ६१ प्रतिशतले मात्र बैंकिङ सेवा लिइरहेको देखिन्छ ।
त्यसमध्ये ४० प्रतिशतले बैंक, वित्तीय संस्थाबाट र बाँकीले सहकारी तथा अन्य औपचारिक वित्तीय क्रियाकलापबाट बैंकिङ सेवा लिँदै आएको नतिजा छ ।
२१ प्रतिशतमा पनि सहकारीबाट ११ र बाँकी १० प्रतिशतले अन्य औपचारिक वित्तीय क्रियाकलापबाट सेवा प्राप्त गरेको उल्लेख छ ।















प्रतिक्रिया