१८ कार्तिक २०८३, बुधबार

‘मोर्चाको मागकै आधारमा संविधान संशोधन र वार्ता समिति गठन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherdhan-Raiविराटनगर, २८ जेठ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकार सहज ढङ्गले आफ्ना मार्गचित्रका साथ अगाडि बढिरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताले चाहेअनुरुप नयाँ बजेट आएको र सरकार विकास निर्माण तथा संविधान कार्यान्वयनतर्फ अग्रसर भइरहेको स्पष्ट गर्नुभयो । अर्काे प्रसङ्गमा उहाँले संसद्बाट सकेसम्म व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली सहमतिमै पारित गरिने र नभए प्रक्रियामा जाने बताउनुभयो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अनेकौँ बहानाबाजी गरेर वार्तामा नआउन चाहेको उल्लेख गर्दै सरकारका प्रवक्ता राईले मोर्चाको मागकै आधारमा संविधान संशोधन र वार्ता समिति गठन भएको हो भन्नुभयोे । मोर्चालाई सरकारले वार्तामा आउन आह्वान गरेको र जनताबाट पनि वार्तामा आउन दबाब परिरहेको विचार उहाँले व्यक्त गर्नुभयो । रासस