१८ कार्तिक २०८३, बुधबार

कुटपिटमा संलग्नलाई कारबाही गर्न काँग्रेसको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556काठमाडौँ, २८ जेठ । नेपाली काँग्रेसले नेपाल प्रेस युनियन सोलुखुम्बुका सदस्य एवम् रिपोर्टर्स क्लब पूर्वाञ्चलका अध्यक्ष भानुभक्त निरौलालाई नेकपा (एमाले)का कार्यकर्ताले कुटपिट गरी गम्भीर घाइते बनाएकोमा आपत्ति जनाएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा आज दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु अगाडि निरौलामाथि एमाले कार्यकर्ताले सुनियोजित आक्रमण गरेको जनाइएको छ ।

कुटपिटपछि निरौला गम्भीर घाइते हुनुभएको छ । काँग्रेसले घटनाको निन्दा गर्दै अवाञ्छित र उच्छृङ्खल क्रियाकलापमा संलग्न व्यक्तिको खोजी गरी कडा कारबाहीको माग गरेको छ । रासस