१८ कार्तिक २०८३, बुधबार

अस्पताल तोडफोड गर्ने तीन जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hospital-todfod

मोरङ, २८ जेठ । मोरङमा अस्पताल तोडफोड गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बिराटनगर उपमहानगरपालिका–९ स्थित सिटी अस्पतालमा उपचाररत सोही उपमहानगरपालिका–१५ बस्ने ८१ वर्षीय अभिनास राईको उपचारको क्रममा मृत्यु भएको बिषयलाई लिएर भएको विवादमा अस्पताल तोडफोड गर्ने सोही उपमहानगरपालिका–१४ बस्ने ३० वर्षीय निसम गौतमसमेत ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

जेठ २४ गतेदेखि भर्ना गरी उपचार गराइरहेका बिरामी राईको शुक्रबार मृत्यु भएपछि अस्पतालका कर्मचारी र बिरामीका आफन्तबीच बिबाद हुँदा मृतक पक्षका उनीहरुले तोडफोड गरी अस्पतालको ३ वटा झ्यालका शिशा फुटाएका थिए ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।