१८ कार्तिक २०८३, बुधबार

सञ्चारमन्त्री राई थाइल्यान्डबाट स्वदेश फिर्ता, छिटै ‘फोर जी’ सेवा सञ्चालमा ल्याइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherdhan-Rai

काठमाडौँ, २८ जेठ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चार क्षेत्रमा छिटै ‘फोर जी’ सेवा सञ्चालमा ल्याइने बताउनुभएकोे छ ।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रका दुरसञ्चारसेवासँग सम्बन्धित सेवा प्रदायक संस्थाको ‘फोर जी’ सम्मेलनमा भाग लिई स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले थ्री जी सेवालाई देशभर पुर्याइने र काठमाडौँ महानगरपालिका तथा उपमहानगरपाकिाका साथै अन्य महत्वपूर्ण सहरमा सो सेवा सञ्चालमा ल्याइने पनि मन्त्री राईले उल्लेख गर्नुुभयो ।

मन्त्री राईले बाह्र देशका दुरसेवा प्रदायक संस्थाका प्रतिनिधिको सहभागिता रहेको सो बैठकमा फोर जी सेवा सञ्चालनका अनुभव एक आपसमा अदानप्रदान भएको बताउनुभयो ।

उहाँले थाइल्यन्डमा ८० हजार भन्दा बढी नेपाली भाषी नागरिकले नेपालको भाषा, धर्म, संस्कृति, र चाडवाडको सम्बद्र्धनमा चासो देखाएको र उनीहरुले गैर आवासीय नेपालीले पाउने हैसियत आफूहरूलाई पनि उपलब्ध गराउन सरकारसँग माग गरेको बताउनुभयो । मन्त्री राई गत आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । रासस