१८ कार्तिक २०८३, बुधबार

अवैध रुपमा अमेरिकन डलर बोक्ने पाँच जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dollar(11)चितवन, २८ जेठ । अवैध रुपमा लुकाई छिपाई ल्याएको अमेरिकन डलर २२ हजार ६ सय ८७ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरुमा म्याग्दी अर्मन–५ बस्ने २८ बर्षीय शेर बहादुर रोका, म्याग्दी बावियाचौर–५ बस्ने २८ बर्षीय नविन क्षेत्री, म्याग्दी बिम–१ बस्ने २० बर्षीय बादम जुग्जाली, म्याग्दी ओखरकोट–५ बस्ने २२ बर्षीय मनोज बुढा र ३३ बर्षीय श्याम भण्डारी रहेका छन् ।

भरतपुर उपमहानगरपालिका–१ रामनगरमा ना.५ ख ४३७५ नम्वरको बसलाई विहिबार चेकजाँच गर्दा उनीहरुको साथबाट विभिन्न दरको उक्त डलर बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।