१८ कार्तिक २०८३, बुधबार

दश हजारको लोभमा काठमाडौंमा आफ्नै साथीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatya_Murder-Janakpur_275238341

काठमाडौं, २८ जेठ । वैशाख २० गते काठमाडौंको तिनचुलीमा मृत भेटिएका लाक्पा तामाङका हत्यारालाई प्रहरीले पत्ता लगाई पक्राउ गरेको छ ।

तामाङको हत्या उनकै साथीले अनुसन्धानमा खुलेको छ । शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखाले हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरेको छ ।

सिन्धुपाल्चोक दुवाचौर घर भएका २० वर्षीय तामाङ गत वैशाख २० गते तिनचुलीस्थित मगललाल श्रेष्ठको खेतमा मृत अवस्थामा फेला परेका थिए । उनी पेशेवर चोर भएको खुलेको छ ।

चोरी गरेको १० हजार रुपैयाँ एक्लै लिन खोज्ने क्रममा सिन्धुपाल्चोककै २८ वर्षीय बलराम ज्योतिले उनको टाउकोमा रडले हानेर हत्या गरेको प्रहरीले अनुसन्धानमा पत्ता लगाएको छ । अभियुक्त बलराम ज्योतिलाई विहीबार पक्राउ गरिएको थियो । उनी पनि चोर नै भएको खुलेको छ ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु

  • बलराम ज्योति विगत ६/७ वर्ष अगाडिदेखी काठमाण्डौंमा आई तिनचुलीमा कोठा लिई बस्दै आएको ।
  • मृतक लाक्पा तामाङ र निज बलराम ज्योति बच्चादेखीको साथी भएका कारण हाल दुवैजना तिनचुलीमा नै एउटै कोठामा बस्दै आएका ।
  • बलराम ज्योति र निजका साथीहरु समेत मिलेर विगतमा रातको समयमा बिभिन्न स्थानहरुमा चोरी समेत गर्ने गरेको ।
  • पछिल्लो समय लाक्पा तामाङ कामको शिलसिलामा भारत जान भनि घटना भएको दिन मिति २०७३/०१/१९ गते गाउँबाट काठमाण्डौं आएको ।
  • सोही दिन बेलुका अं.१८:३० बजेको समयमा मृतक लाक्पा तामाङ,जित बहादुर तामाङ र बलराम जोरपाटीमा भेट भई नजिकै रहेको लक्ष्मी होटलमा रक्सी र चाउचाउ खाएको ।
  • अत्याधिक रक्सी सेवन गरिसके पछी अं.२१:०० बजेतिर तिनै जना तिनचुली आरुवारीमा रहेको कोठामा गएको, कोठामा पुगे पछी जित बहादुर तामाङ सुतेको तर मृतक र अभियुक्त बलराम ज्योति चोरी गर्ने उद्देश्यले बाहिर निस्केको ।
  • चोरी गर्ने उपयुक्त वातावरण नमिले पछी निजहरु तिनचुली आरुवारीमा रहेको छहारी क्लवतिर गएको र एकजना अपरिचित मानिस रक्सी खाएर सुतिरहेको देखि उक्त ब्यक्तिलाई लुट्ने उद्देश्यले निजको गोजी छामी निजको साथमा रहेको रु.१०,०००/- (दश हजार) लुटी लगेको ।
  • पैसा लुटी सकेपछी उक्त १०,०००/- रुपैया एक्लै प्राप्त गर्ने उद्देश्यले बलराम ज्योतिले का.जि.का.म.पा-६ तिनचुली आरुवारीमा बन्दै गरेको घरबाट रडको टुक्रा आफुसँगै लिएर गएको ।
  • सोही बन्दै गरेको घर नजिकै रहेको मंगलमान श्रेष्ठको खेतमा पुगेपछी लाक्पा तामाङलाई आफ्नो साथमा रहेको फलामको रडले टाउकोमा प्रहार गरी हत्या गरी फरार रहेको ।
  • घटना पश्चात् निज फरार रहेको र उपत्यका बाहिरका विभिन्न स्थानहरुमा लुकीछिपी बस्ने गरेको ।

अनुसन्धान पश्चात् निज अभियुक्त बलराम ज्योतिलाई काठमाण्डौं आएको अवस्थामा का.जि.दक्षिणढोकाबाट मिति २०७३/०२/२७ गते अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरि थप कानुनी कारवाहीको लागी मिति २०७३/०२/२८ गते महानगरीय प्रहरी वृत्त बौद्द पठाईएको ।