डडेल्धुरा, २८ जेठ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका – ८ बैवाहका स्थानियहरु नेपाल विद्युत प्राधिकरण कञ्चनपुरको लार्पवाहीले गर्दा ४ वर्षदेखी अन्धकारमा बस्न बाध्य भएका छन् ।
नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर, बेलौरी शाखाले बेल्डाँडीका ७, ८ र ९ तिन वडामा विुद्युत लाईन प्रशारण गरिएको तर ट्रान्समिटर जडान नभएका कारण स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएको पत्रकार विमल धामीले जानकारी दिएका छन् ।
बस्तीस्तरको योजना छनोटका बेला नियमित चार बर्ष यता देखी बिद्युत ट्रान्समिटर माग गर्दै आएका बैवाह बैजनाथ टोल, ईमलिया र झिल्मीलाका स्थानियले बैवाहको बैजनाथ टोलमा ट्रान्समिटर जडान गरि पाउँ भनि पटक पटक योजना छनौटको बेला माग राख्दा समेत सरोकारवाला निकायले चासो नदिएको स्थानीय लक्ष्मण जोशीले बताए ।













प्रतिक्रिया