१९ कार्तिक २०८३, बिहिबार

१७ दिनमै रु २० लाखभन्दा बढी भेटी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lumbani-Paisa (7)ताप्लेजुङ, २८ जेठ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ ।

यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम जम्मा भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ ।

विशेषगरी वैशाखपछि वर्षा लगायतका कारण कमै मात्र तीर्थालु आउने गरे पनि गत वर्षको तुलनामा यस वर्षको जेठ महिनामा धेरै तीर्थयात्री भित्रिएको समेत सो समितिले जनाएको छ ।

यसअघि २०७२ साल चैत ३० देखि वैशाख २२ गते भित्रको अवधिमा १४ लाख ४४ हजार १५० रुपैयाँ सङ्कलन भएको जनाइएको थियो ।

यस्तै, धेरै सङ्ख्यामा सुनचाँदीका विभिन्न सामग्रीसमेत जम्मा भएको बताइएको छ ।

अहिले पनि दैनिक सयौँको सङ्ख्यामा मन्दिर दर्शनका लागि मानिसहरु जाने गरेको बताइएको छ । पाथीभराको दर्शन गरे आफूले चिताएको कुरा पुग्ने धार्मिक विश्वास रहिआएको छ । रासस