९ कार्तिक २०८३, सोमबार

चीनको निशानामा यी संस्था, नेपालको विकासको बाधक पनि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-China-Flagकाठमाडौं, २८ जेठ । विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका क्रियाशील एनजीओ र अनाईएनजीओको गतिविधिप्रति चीनले आशंका व्यक्त गरेको छ ।

चीनले एनजीओ र आईएनजीओले चीन बिरोधी गतिवधि गरिरहेको आशंका व्यक्त गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

नेपाल भ्रमणमा रहेका चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एडमरल सुन जियाङ्गुओले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा यस्तो आशंका व्यक्त गरेका हुन् ।

जंगी अड्डामा प्रधानसेनापतिसँग भएको भेटमा उनले भने,’पुनर्निर्माणमा आएका एनजिओ र आईएनजीओले कतै चीन विरोधी गतिविधि त गरिरहेका छैनन् ?’

उनले तिव्वतको सुरक्षाप्रति चासो राख्दै तिव्वतसँग जोडिएका जिल्लामा सक्रिय रहेका गैरसरकारी संस्थाको भूमिकाप्रति प्रश्न उठाएको स्रोतले बताएको छ ।