पर्सा, २७ जेठ । जागिर लगाइदिन्छु भनी बिभिन्न प्रलोभन देखाई १८ वर्षीया महिलालाई बेच्न लगेका २ जना अभियुक्त बुधबार पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरुमा चितवन भरतपुर नगरपालिका–१७ बस्ने गोरखा तानदाङ् गाविस–२ का ६८ वर्षीय हरिप्रसाद लामिछाने र चितवन भरतपुर–१७ बस्ने गोरखा मिरकोट गाविस–६ का ३९ वर्षीय मनबहादुर कुँवर रहेका छन् ।
उनीहरुले ती महिलालाई भारतमा लगी बेच्ने योजनाकासाथ पर्सा ठोरी गाविस–७ स्थित नेपाल–भारत सिमानाबाट भारततर्फ लैजाँदै गर्दा पर्सा प्रहरी र माइती नेपाल पर्साको संयुक्त टोलीले उद्वार गरी संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूउपर मानव बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको र पीडित महिलालाई माइती नेपालको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।












प्रतिक्रिया