३१ आश्विन २०८३, शनिबार

इन्डोनेसियामा शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indonesia-Earth-quake

जाकार्ता, २७ जेठ । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२ रिक्टर स्केलको भूकम्प गएको समाचार छ ।

यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको मौसमविज्ञान र भूगर्भ निकायका अधिकारीहरुले जानकारी दिएका छन् । सो भूकम्प जाकार्ता समयाअनुसार बिहीबार बिहान ११ः१३ बजे गएको जनाइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु क्लुङ्गकुङ्ग सहरबाट ३०८ किलोमिटर दक्षिणपश्चिमीमा समूद्रसतहबाट १० किलोमिटर गहिराईमा रहेको भूगर्भ निकायका एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् ।

इन्डोनेसिया ‘अग्नी चक्र’भित्र पर्ने देश भएको हुनाले यहाँ बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ । रासस ÷सिन्ह्वा