काठमाडौं, २७ जेठ । आईटीएफका नक्कली कार्ड बनाएर विभिन्न देशमा खेलाडी बनाएर पठाउने नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
गिरीले म्याग्दीका ५३ वर्षीय टेकप्रसाद लामगाडे र दीपक सुनारलाई ईन्टरनेशनल तेक्वान्दो फेडरेशनका नक्कली कार्ड बनाएर कोरिया पठाइदिने भन्दै ३ लाख ६० हजार रुपैयाँ लिएका थिए ।
लामगाडेबाट एक लाख र सुनारबाट दुई लाख ६० हजार लिएर गिरीले ठगी गरेपछि परेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार त्रिपुरेश्वरबाट पक्राउ गरी थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरु:
१. निज चेतनराज गिरी नेपाल तेक्वान्दो महासंघ ईन्टरनेशनलको उपाध्यक्ष तथा रग्वी संघको महासचिव रहेको ।
२. निजले न्युजिल्याण्ड, ईंग्ल्याण्ड, चिन र क्यानडमा भएको तेक्वान्दो World Cup समेतमा रेफ्रीको रुपमा भुमिका निर्वाह गरेको ।
३. झापा घर हुने राजेन्द्र दवाडीलाई समेत ITF को नक्कली कार्ड बनाई तेक्वान्दोको खेलाडी बनाई ७ लाख ५० हजार लिई लण्डन पठाएकोमा नक्कली कागजात भन्ने थाहा पाए पश्चात लण्डन एयरपोर्टबाट फिर्ता भएकोमा यस महाशाखामा थप जाहेरी पर्न आएको ।
४. निजले International Taekwondo Federation Nepal बाट नक्कली खेलाडी देखाई बिभिन्न International game मा सहभागी गराउने गरी रकम लिई पठाउने गरेको देखिएको ।













प्रतिक्रिया