१९ कार्तिक २०८३, बिहिबार

मध्य पहाडी लोकमार्गमा युवा संघको चाँसो, ढिलासुस्तीविरुद्ध भन्डाफोर गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yaan-khotang-1

खोटाङ, २७ जेठ । पहाडलाई तराईसम्म जोड्ने मध्य पहाडी लोकमार्ग निर्माणमा युवा संघ नेपालले चाँसो व्यक्त गरेको छ ।

पहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्ला जोड्ने दुधकोशीको पुलको निर्माणमा ढिलासुस्ती र लापरबाही भएको ठहर गर्दै त्यसकाविरुद्ध युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीब पहारीको नेतृत्वमा गएको टोलीले खबरदारी गरेको हो ।

उक्त टोलीमा युबा संघका उपाध्यक्ष रमेश पौडेल, नानीबाबु बुढाथोकी, युबा संघका प्रवक्ता प्रभात बिक्रम कटवाल, खोटाङका पार्टी नेता शम्बर भुजेल, निरेशलाल सिंह, सुरेन्द्र राई, रोशन शाक्य, अखिलका डम्बर अधिकारी, युबा संघ नेपाल माथिल्लो सगरमाथा अञ्चल सहसचिव सुवास राई, प्रचार बिभाग सदस्य बाबू छत्कुली लगायतको उपस्थिति रहेको थियो ।

युबा संघ नेपाल खोटाङ जिल्ला कमिटीका अध्यक्ष दिनेश राईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष रसकुमार राईले गर्नु भएको थियो । अनुगमन र निरीक्षणको क्रममा संघका अध्यक्ष राजीब पहारीले बिक्रम पाण्डेजस्ता ठेकेदारको कारण बिकास निर्माणमा ढिलासुस्ती भएको कुरा बताउनुभयो ।

अब युबा संघ नेपालले बिकास निर्माणमा भएको ढिलासुस्ती र भष्ट्राचारको भन्डाफोर गर्ने उनले घोषणा गरे ।

Pul-Nirman-khotang   Yaan-khotang-2 Yaan-khotang-3Yaan-khotang