म्याग्दी, २७ जेठ । कृषि विकासमन्त्री हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
म्याग्दीको बेनीमा बुधबार साँझ आयोजित कार्यक्रममा मन्त्री गजुरेलले संविधान कार्यान्वयन, भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन राष्ट्रिय एकतासहितको सरकार निर्माण गर्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस, एमाले, माओवादी र मधेस केन्द्रित दल मिलेर सहमतीय सरकारमार्फत मधेसका समस्या समाधान गरी संविधान कार्यान्वयन गर्नुपर्ने मन्त्री गजुरेलको भनाइ थियो । रासस












प्रतिक्रिया