९ कार्तिक २०८३, सोमबार

प्रहरीमा राजीनाको लहर, एसएसपी सुवोधले पनि जागिर छाडे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police-baluwatarकाठमाडौं, २७ जेठ । नेपाल प्रहरीमा सेवा अबधि रहँदै राजीनामा दिने लहर चलेको छ । सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका छन् ।

पछिल्लोपटक एसएसपी सुवोध घिमिरेले राजीनामा दिएका छन् । दुई वर्ष जागिर अबधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

०४६ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका उनी आगामी वर्ष डीआइजीमा बढुवा हुने सम्भावना थियो । तर उनले बीचमै राजीनामा दिए ।
यद्यपि उनले असन्तुष्टिको कारण राजीनामा नदिएको बताएका छन् ।

यस्तै गत महिना ०६४ को ब्याचका पहिलो नम्बरमा रहेका इन्स्पेक्टर दीपक भण्डारीले राजीनामा दिएका थिए । डीएसपी आनन्दजंग थापाले पनि दुई महिनाअघि जागिर छोडे ।

राजीनामा दिने डीएसपी थापासँगै खेम केसी, विदुर गौतम र धनबहादुर कठायत छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक दिन पाँचजना प्रहरीले राजीनामा दिने गरेका छन् ११ महिनाको अवधिमा १४ सय ११ जनाले राजीनामा दिएका छन् । जसमध्ये चार डीएसपी र २० इन्स्पेक्टर छन् ।

त्यस्तै १११ प्रहरी नायब निरीक्षक तथा ३४६ जना प्रहरी सहायक निरीक्षकले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राजीनामा दिनेमध्ये सबैभन्दा धेरै प्रहरी हवल्दार छन् । करिब ११ महिनामा ५२९ हवल्दार, तीन सय ९९ जवान र ४४ कार्यालय सहयोगीले पनि बीचमै जागिर छाडेका छन् ।