१८ कार्तिक २०८३, बुधबार

कारवाहीमा परेका एमाले सचिवद्धारा कार्यालय कब्जा गर्दै अवैध कार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logo– विपीन अधिकारी

घोराही, २६ जेठ । नेकपा एमाले दाङ जिल्ला कमिटीको सचिवालयले कारवाही गरेका व्यक्ति र स्पष्टिकरण सोधिएका सचिवको अगुवाईमा धमाधम एक पछि अर्को अवैध निर्णय गरिरहेको कुरा सार्वजनिक भइरहेको छ ।

अवैध व्यक्ति र कथित पदमा रहेकाहरुले पार्टीलाई नै बदमान गर्दै लगेको आरोप छ नेकपा एमालेका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरीको ।

अखिल नेपाल महिला संघको नयाँ नेतृत्वलाई स्वागतकालागि मानपुरमा आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि आफू लगायत अन्य नेताहरु गएको समयमा भरतपुरमा रहेको पार्टी कार्यालय कव्जा गरेर विभिन्न निर्णयहरु गरेको कुरा संचारमाध्यममा देख्दा आफूहरुलाई अचम्म लागेको धारणा पनि चौधरीको छ । “कार्यालयमा कार्यालय सचिव रामप्रसाद चौधरी मात्रै हुनुहुन्थ्यो उनीहरु आए अनि पार्टी अध्यक्षको कोठामा रहनुभएका चौधरीलाई बाहिर निकालेर भित्र बैठक बसे ।” उहाँ भन्नुहुन्छ ।

नेकपा एमाले दाङ जिल्ला कमिटीको सचिवालयमा २१ जना रहेकोमा गत जेठ १३ गतेका दिन १२ जनाको बहुमतमा बैठक बसेकोमा मंगलबार स्पष्टिकरण सोधिएका जिल्ला सचिव हुकुम बस्नेत र दुई बर्षका लािग कारवाहीमा परेका पूर्व सचिवालय सदस्य मनोहर बुढाथोकी समेत सात जना बैठक बसेको र त्यो बैठक कुनै पनि अर्थमा बैधानिक नरहेको जिल्ला इञ्चार्ज चौधरीको ठहर छ । “जिल्ला कमिटीको बैठक अध्यक्षको अध्यक्षतामा बस्नुपर्छ कि अध्यक्षले कार्यवाहक दिएको हुनुपर्छ जिल्ला अध्यक्ष र जिल्ला इञ्चार्जलाई जानकारी नै नदिएर बैठक बस्ने कस्तो पद्दति हो ।” चौधरी भन्नुहुन्छ ।

नेकपा एमालेको दुई बर्ष अघि सम्पन्न महाधिवेशनमा तत्कालिन अध्यक्ष नरुलाल चौधरी केन्द्रीय सदस्यको उमेदवार बनेपछि महाधिवेशनले गरेको निर्णयकै आधारमा उपाध्यक्ष जोगवहादुर राना एमाले दाङको अध्यक्ष बन्नु भएको थियो । महाधिवेशनको फैसला अनुरुप रानालाई काम गर्न दिनुपर्नेमा काम गर्न नदिएर नेकपा एमाले दाङ जिल्ला कमिटीलाई अस्तव्यस्त बनाउने र कार्यकर्तामा निरासा पैदा गर्ने टिम यतिवेला पनि एमाले दाङको पार्टीलाई विगार्न र जवरजस्त गुटमा विभाजन गराउन लिप्त रहेको छ । “हामीले पार्टी बनाउनका लागि अथक प्रयास ग¥यौं अन्तिममा केही सिप नलागेपछि सचिवालय सदस्य मनोहर बुढाथोकीलाई कारवाही गरेका हौं ।” जिल्ला अध्यक्ष राना भन्नुहुन्छ । “बुढाथोकीले पार्टीलाई भजाएर के कस्ता काम गरे, पार्टीलाई अहित हुने के कस्ता काम गरे त्यसको फेरहिस्त हामीसंग रहेको छ आवश्यक परेको खण्डमा ति सवै सार्वजनिक गर्न तयार छौं ।” रानाले भन्नुभयो ।

मंगलबारका दिन बसेको भनिएको बैठक पार्टी कार्यालय कव्जा गरेर गरिएको अवैध कार्य हो भन्ने कुरा सवैलाई थाहा भइसकेको छ हामीले पार्टीलाई ठिक तरिकाले अघि बढाउनका लागि बुढाथोकीलाई कारवाही र सचिवलाई स्पष्टिकरण सोधेका हौं राना भन्नुहुन्छ । पार्टी विरोधी गतिविधी गर्दै हिड्ने, समानान्तर तरिकाले गतिविधि गर्ने र कार्यकर्तामा निरासा पैदा गर्नेलाई कारवाही गरिएको कुराले सवैलाई उत्साहित बनाएको दावी पनि जिल्ला अध्यक्ष रानाको छ । कतिसम्म भने मंगलबारका दिन कार्यालय सचिवलाई बाहिर निकालेर बैठक बस्दा बाहिर प्रहरी तैनाथ गरिएको थियो । एमाले दाङ जिल्लाको इतिसाहमा प्रहरीको पहरा दिएर बैठक गरिएको थिएन जुन मंगलबार दिन गरियो । यसबाट पनि अवैध काम गर्नेहरु कति डरको मानसिकतामा थिए भन्ने कुरा पुष्टि हुन्छ अध्यक्ष राना भन्नुहुन्छ ।

गत जेठ १७ गतेका दिन बसेको जिल्ला कमिटीको बैठकका जिल्ला कमिटीमा रहेका पूर्ण सदस्य ६८ मध्य ४६ जनाको सहभागिता थियो त्यहि बैठकले कारवाही र स्पष्टिकरण सोध्ने लगायत विभिन्न जिम्मेवारी दिने निर्णय गरेको थियो । नेकपा एमाले दाङ जिल्ला संगठन विभाग प्रमुख हिराचन्द्र केसी जिल्ला कमिटीका सदस्यहरुको संख्याका आधारमा पनि को वैध र को अवैध भन्ने स्पष्ट हुने धारणा राख्नुहुन्छ । “कम्युनिष्ट पार्टीमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्छ असहमति भएमा नोट अफ डिसेन्ट लेख्ने चलन रहेको छ उहाँहरु त्यता तर्फ नलागेर अवैध तरिकाले गतिविधी गर्दै हिड््नुभएको छ यसले एउटा गल्ती छोप्नका लागि गल्ती माथि गल्ती गरेको जस्तो देखिएको केसी भन्नुहुन्छ ।

माइन्युट झोलामा
एमाले दाङ जिल्ला कमिटीको माइन्युट यतिवेला जिल्ला कार्यालयमा रहेको छैन । कहिले त्यो माइन्युट अञ्चल इञ्चार्ज खेममान खड्काको झोलामा बसेर काठमाडौं पुगेको हुन्छ भने कहिले त्यो सचिवको झोलामा घरतिर बसेको हुन्छ । कार्यालयमा रहनुपर्ने माइन्युट पनि नेताको झोलामा राख्ने कुराले पनि एमाले दाङमा कव्जाको रणनीति स्पष्ट हुन्छ । एमाले दाङका सचिव हुकुमबहादुर बस्नेतलाई पार्टीको माइन्युट कार्यालयमा हुनुपर्ने होइन र ? भन्ने जिज्ञासा राख्दा माइन्युट म संग छ भन्ने जवाफ दिनुभएको थियो ।

पहिले माइन्युट कव्जा गरेको टोलिले मंगलबार कार्यालय सचिवलाई बाहिर निकालेर बैठक कथित बैठक बसेको आरोप छ एमाले दाङका उप सचिव बामदेव खनालको एमाले दाङका उप सचिव अञ्चल इञ्चार्ज खेममान खड्का र सह इञ्चार्ज गुलावजंग शाहको दाङ जिल्ला नवनोस भन्ने चाहनाले काम गरेको बताउनुहुन्छ । उहाँहरु खेलाडी होइन तर खेलाडीका रुपमा प्रस्तुत हुनुभएको छ खनालले भन्नुभयो । नेकपा एमाले दाङमा जहिले पनि अघिल्लो पार्टी महाधिवेशन देखि पछिल्लो महाधिवेशनसम्म स्थायी खालको गुट हुने गरेकोमा यसपालि आफूहरुले गुटको अन्त्य गर्न लागेको खनालको दावी छ । “हामी एमाले बनाउन चाहन्छौं का लागि कुनै व्यक्तिको रुचिमा स्थायी खालको गुट बनाउने र त्यसमा रमाउने कुराको अन्त्य गर्न खोजेका छौं ।” खनालले भन्नुभयो । एमाले दाङका कार्यकर्ताहरु एमाले बन्दैन कि भन्ने भ्रममा नपर्न पनि जिल्ला उप सचिप खनालले आग्रह गर्नुभयो ।

बैठक २८ गते
यसैबीच एमाले दाङको बैठक जेठको २८ गतेका दिन बस्न थालेको छ । बैठकले जिल्ला अधिवेशनको तयारी लगायतका विषयमा निर्णय गर्नेछ । एमाले दाङका अध्यक्ष जोगवहादुर रानाले पार्टीको बैठकका बारेमा कुनै भ्रममा नपर्न सम्पूर्ण पार्टी सदस्यलाई आग्रह गर्नुभएको छ । अध्यक्ष रानाले पार्टीको आधिकारीक धारणाका विरुद्धमा प्रचार नगर्न सवैलाई आग्रह गर्नुभएको छ । उहाँले पार्टी हित विपरित सामाजिक सञ्जालहरुमा र सञ्चारका माध्यममा नबोल्नका लागि पनि आग्रह गर्नुभएको छ ।