गुल्मी, २६ जेठ । गुल्मीको छापहिले चट्याङ्ग लागेर एक बालिकाको मृत्यु भएको छ ।
छापहिले गाविस वडा नं. २ स्थित सोमबहादुर बिकको १३ वर्षिया वालिका मिना बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनी सोहि गाविसको वडा नं. ३ स्थित आफ्नै काकाको घरमा गएको बेला एक्कासी चट्याङ्ग लागेर बेहोस भएकी थिइन् ।
चट्याङ्ग लागेर बेहोस भएकी बिकलाई स्थानिय मेडिकलमा उपचारको लागी लगिएको थियो ।
स्थानिय मेडिकलमा उपचार सम्भव नभएपछी उनलाई थप उपचारको लागि तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।













प्रतिक्रिया